खानी तथा खनिज क्षेत्र व्यवस्थापनका लागि प्राधिकरण बनाइने
काठमाडौं। सरकारले खानी तथा खनिज क्षेत्रको व्यवस्थित विकास, नियमन र सञ्चालनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ले यस्तो जानकारी दिएका हुन्। सरकारले खानी तथा खनिज स्रोतको पहिचान, अन्वेषण, उत्खनन र व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ प्राधिकरण गठन गर्न लागेको जनाएको छ।
सरकारको यो घोषणालाई खानी तथा खनिज क्षेत्रलाई संस्थागत ढंगले अगाडि बढाउने प्रयासका रूपमा हेरिएको छ। हालसम्म विभिन्न निकायबाट हुँदै आएको कामलाई एकीकृत र व्यवस्थित बनाउन प्राधिकरणले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
What's Your Reaction?





