गुप्तचर निकाय प्रधानमन्त्री मातहत रहने व्यवस्था उचित छ : सासंद् सिंह

 0  12
गुप्तचर निकाय प्रधानमन्त्री मातहत रहने व्यवस्था उचित छ : सासंद् सिंह

काठमाडौं, १९ साउन । रास्वपा सांसद् अमरेशकुमार सिंहले नेपालले पनि अरु देशमाथि निगरानी गर्नुपर्ने भन्दै गुप्तचर निकाय प्रधानमन्त्री मातहत रहने व्यवस्था उचित भएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै उनले सूचना संकलनको नजरमा नेपाल कसैको प्ले ग्राउण्ड हुन नहुने भन्दै नेपालले पनि अरु देशमाथि निगरानी गर्नुपर्ने बताएका हुन् ।

‘सूचना थाहा पाउनुपर्ने व्यक्ति भनेकै प्रधामन्त्री हो, ढिलै आए पनि यो राम्रो छ, सुरक्षा चुनौती बदलिँदैछ । अहिले साइबर चुनौती छ । बैंकमा ह्याकिङ आदिको समस्या छ । हामीमाथि अरुले निगरानी गर्छ होइन । हामी पनि निगरानी गरौं, सांसद सिंहले भने ।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्न सरकारले नेपाल विशेष सेवा ऐन(२०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ। सोही विधेयकमाथि आज राज्य व्यवस्था समितिमा छलफल भएको हो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow