गुरुङ समुदायले मनाउँदै ‘तमू ल्होसार’

 0  7
गुरुङ समुदायले मनाउँदै ‘तमू ल्होसार’

काठमाडौं, १५ पुस । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज गुरुङ समुदायले  ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । 

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । तमू ल्होसारको अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow