ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवद्वारा राजीनामा
काठमाडौं, २५ भदौ । ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष मन्त्री यादवले राजीनामा बुझाएकी हुन्। बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने मन्त्री यादवको विवादास्पद अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए ।
उद्योग समितिको बैठकमा उद्योगमन्त्री यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन ।’
उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने भन्दै अगाडि भनेकी थिइन्, ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ । ’
What's Your Reaction?





