जिफन्टद्वारा ६ सन्देशसहित मजदुर दिवस मनाइँदै
१७ बैशाख २०८३ | काठमाडौं
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले यस वर्षको अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) ६ वटा मुख्य सन्देशसहित मनाइरहेको जनाएको छ। मजदुर तथा सर्वसाधारण जनसमुदायलाई लक्षित गर्दै मे दिवस २०८३ को अवसरमा शुभकामना सन्देशसहित विभिन्न मागहरू समेटिएको पर्चा वितरण गरिएको छ।
जिफन्टले पर्चामार्फत उठाएका प्रमुख सन्देशहरूमा तलव, काम गर्ने समय र विदाको अधिकार सुनिश्चित गरिनुपर्ने, सामाजिक सुरक्षालाई जीवनको आधारभूत अधिकारका रूपमा कार्यान्वयन गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने विषयहरूबारे सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, श्रमिकका तत्कालिन १० बुँदे मागहरू, उद्यमी र श्रमिकबीचको पारस्परिक सम्बन्ध सुदृढ हुनुपर्ने विषय तथा नवयुवाहरूलाई लक्षित विशेष सन्देशहरू पनि समेटिएका छन्।
यसै सन्दर्भमा आज बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट काठमाडौंका विभिन्न स्थानहरूमा सन्देशमूलक पर्चा वितरण गरिएको अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।
What's Your Reaction?





