जेठ १५ भित्र पुल नबने खोलामा गाड्छु : सांसद् किसान श्रेष्ठ
काठमाडौं, ६ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद् किसान श्रेष्ठले जेठ १५ गतेभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका छन् ।
मंगलबार बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीयास्थित पुलको निरीक्षण गर्न पुगेका सांसद् श्रेष्ठले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई खोलामा गाडिदिने धम्की दिएका हुन् ।
सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहतिको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका सांसद् श्रेष्ठले भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु । प्लिज मैले एकदम भद्र भएर बोल्या छु । आज ६ गते भयो ।’
बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।
What's Your Reaction?





