ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९२ सवारी कारवाहीमा
काठमाडौं, १६ असार । पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने १ हजार ५९२ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारवाही गर्दा २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको हो।
प्रहरीका अनुसार विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारवाही गरिएको हो ।
यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारवाही गरिएको छ ।
What's Your Reaction?





