डा.बाबुराम भट्टराईलाई मातृशोक

 0  254
डा.बाबुराम भट्टराईलाई मातृशोक

काठमाडौं, ३१ चैत्र । लामो समयदेखि दमको बिरामीबाट पीडित डा.बाबुराम भट्टराईको आमा मोहन कुमारी भट्टराईको ७८ वर्षको उमेरमा हिजो निधन भएको छ।

कोशी प्रदेश सिद्धिचरण नगरपालिका - ४ रुम्जाटार मोहोरिया गाउँ स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ - १२ कपन बसोबास गर्दै आएकी स्व. मोहन कुमारीका १ छोरा डा. बाबुराम भट्टराई र २ छोरीहरू तारादेवी खतिवडा, गङ्गा देवी दाहाल रहेका छन्। मृतकका छोरा बुहारी  दुवै जना नेपाल  सरकारका पूर्व कर्मचारी हुन भने दुवैले विद्यावारिधि सम्मको अध्ययन पुरा गरि हाल अस्ट्रेलिया बसोबास गर्दै आएका छन्।

रुम्जाटार  वितलवका पारसमणि पोख्रेल तथा हरिप्यारि पोख्रेलको जेष्ठ  सन्तानको रुपमा २००३ मा जन्मिएकी स्व.मोहन कुमारी कोमल प्रसाद भट्टराई सँग वैवाहिक जीवनमा बाँधिएका थिए। उनको श्रीमान कोमल प्रसाद भट्टराईको भने २०६७ सालमै निधन भैसकेको छ । २०८१ चैत्र ३० गते बिहान १०.३० बजे कपनस्थित आफ्नै निजी निवासमा देह त्याग गरेका स्व.मोहन कुमारी भट्टराईको हिजो नै पशुपति  आर्यघाटमा दाहसंस्कार गरिसकिएको पारिवारिक स्रोत बाट जानकारी प्राप्त भएको छ ।

श्रीराम गुरुङ (तमु)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow