अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गयो : परराष्ट्रमन्त्री राणा

 0  34
अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गयो : परराष्ट्रमन्त्री राणा

काठमाडौं, २८ चैत्र । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्योग वाणिज्य महासङ्घले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको धारणा समेत व्यक्त गरिन् ।

सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने उल्लेख गर्दै परराष्ट्रमन्त्री राणाले अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको जिकिर गरे । उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको समेत बताए ।

सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन्। परारष्ट्रमन्त्री राणाले भने, ‘अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउने छ । उनका अनुसार वैदेशिक सहायताको स्थिति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व सङ्कलन बढाएर लगेको देखिन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow