तीन वर्षीया गरिमालाई न्याय माग्दै काँकरभिट्टामा निकालियो र्याली
झापा, ५ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्याली निकालिएको छ ।
जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।
र्यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो । रासस
What's Your Reaction?





