दयाहाङ र मिरुनाको फिल्म जारी - २ को टिजर सार्वजनिक
२६ श्रावण ,काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म जारी - २ को टिजर सार्वजनिक गरिएको छ ।आगामी असोज ३ गते प्रदर्शनमा आउने जारी - २ को टिजर सोमबार बाँसुरी फिल्मको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु , बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।
निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायाङ्कन निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्राचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ |
What's Your Reaction?





