दिउँसै घर फोडेर ५६ लाख बढीको धनमाल चोरी
काठमाडौं, १० फागुन । काठमाडौं महानगरपालिका-२६ सरकारी धारा नजिकको एक घरमा शनिबार दिउँसै ५६ लाख रुपैयाँ बढीको सुनचाँदीका गरगहना चोरी भएको छ।
सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर चोरले दिउँसै ढोका फोडेर धनमाल चोरी गरेको हो । चोरीमा संलग्नहरू हाल फरार रहे पनि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ ।
What's Your Reaction?





