देशमै उद्यमशीलताका अवसरहरू भएको दाबी  

 0  17
देशमै उद्यमशीलताका अवसरहरू भएको दाबी  

काठमाडौं । नेपालको सन्दर्भमा उद्यमशीलताको अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले वातावरणमैत्री निर्माण सामाग्रीमा उद्यमशीलता विषयमा गरेको छलफल कार्यक्रमका वक्ताले रोजगारीको लागि भन्दै विदेश नै भौतारिनु नपर्ने बताए ।

कार्यक्रममा युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्यमशीलताको यात्राबारेमा जानकारी गराउँदै आफ्नो अनुसन्धान, उत्पादनका प्राविधिक पक्षहरू, र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूका बारेमा पार गरेको अनुभवबारे जानकारी दिए । कार्यक्रममा अन्तरक्रियासमेत गरिएको थियो, जसमा इन्जिनियर दुवालले विद्यार्थीहरूका जिज्ञासालाई सम्बोधन गर्दै व्यवहारिक र महत्वपूर्ण उत्तर दिए ।

कार्यक्रममा नेपालमा ईको प्यानलको उपयोगिता र सम्भावनाहरु लगायत हरित निर्माण सामाग्रीहरुको प्राविधिक पक्षसमेत प्रस्तुतीकरणमा राखिएको थियो । सत्रका मुख्य बुँदाहरूमा हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू, परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू रहेका थिए  ।

यस सत्रले उद्यमशील भूमिकामा करियर बनाउन चाहना राख्ने धेरै विद्यार्थीहरूलाई प्रेरित ग¥यो । दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान ग¥यो । कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओलीले सुमधुर बनाउन सहजीकरण गरेका थिए ।

कार्यक्रममा आयोजक कलेजका प्रिन्सिपल बिरोध रिजालले नियमित रुपमा प्रत्येक हप्ता बिहीबारको दिन विभिन्न प्रविधिका विषयमा छलफल र अन्तरक्रिया गर्दै आइरहेको जानकारी गराए । सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव उनले दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow