निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भए नि:शुल्क उपचार गरिने

 0  11
निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भए नि:शुल्क उपचार गरिने

काठमाडौं, १३ फागुन । सरकारले चुनावमा खटिएका प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी घाइते भएमा नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याललेले भने, ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च तथा सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा सुरक्षाकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।’  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow