नेपाली सेनाका प्रधानसेनापति बेलायत प्रस्थान

 0  8
नेपाली सेनाका प्रधानसेनापति बेलायत प्रस्थान

काठमाडौं,  १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल सोमबार बेलायत प्रस्थान गरेका छन्। बेलायती समकक्षी रोले वाकरको निमन्त्रणामा ७ दिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान गरेका हुन्।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।

उक्त भ्रमणले दुई देश बीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow