प्रवासी नेपाली मञ्चको लक्की ड्र मार्फत १५ लाख कसले जिते ?
नयाँ वर्ष २०८२ को अवसर पारेर प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोष सहयोगार्थ राफल ड्र आयोजना गरेको छ । करिब ३९ देशबाट सहभागिता रहेको सो राफल चिट्ठामा लक्की ड्र मार्फत हाल बहराइनमा कार्यरत सीता बिकले प्रथम पुरस्कार नेपाली रुपैयाँ १५ लाख
जितेका छन् |
सम्बन्धित ब्यक्तिले अर्धकट्टी लिएर प्रवासी नेपाली मञ्च बहराइन कार्यसमिति सँग सम्पर्क गरि पुरस्कार रकम प्राप्त गर्न सकिने र थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्न आयोजकले बताए |
फोन नम्बर : +९७३ ३३८२ ६३१२, ३८७४५०००
What's Your Reaction?





