फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा ठूलो धक्का

 0  5
फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा ठूलो धक्का

११ असार ,काठमाडौं। विश्व फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई तत्काल लागू हुने गरी निलम्बन गरेको घोषणा गरेको छ। फिफाले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।

फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित नियमको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकाल्दै ‘द ब्यूरो अफ द काउन्सिल’ ले एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ।

फिफाले यसअघि पनि एन्फाभित्र देखिएका विभिन्न विवाद र हस्तक्षेपका घटनाप्रति पटक–पटक चेतावनी दिँदै आएको थियो। तर यसपटक भने परिस्थितिलाई गम्भीर मान्दै कडा कदमस्वरूप निलम्बनको निर्णय गरिएको हो।

निलम्बनसँगै एन्फा र एन्फासँग आबद्ध नेपाली क्लब तथा राष्ट्रिय टोलीहरूले फिफा र एएफसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने सम्भावना रहेको छ। साथै फिफाबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्ने देखिएको छ।

फिफाले आफ्नो निर्णय फिर्ता लिन आवश्यक सर्तहरू पूरा गर्न एन्फालाई निर्देशन दिएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow