फेरि पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं, २३ माघ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा साइबर ब्युरोमा उजुरी परेका कारण प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट प्रसाईंलाई पक्राउ गरेको हो।
प्रसाईं यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति दिएपछि उनी पोखराबाट पक्राउ परेका थिए ।
What's Your Reaction?





