फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौं, ३१ चैत्र । विगत केहि दिनदेखि निरन्तर ओकालो लागीरहेको सुनले आज २०८१ सालको अन्तिम दिनमा पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
What's Your Reaction?





