बाँदर नियन्त्रण गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा ४५ लाख रुपैयाँ बजेट विनियोजन

 0  7
बाँदर नियन्त्रण गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा ४५ लाख रुपैयाँ बजेट विनियोजन

खोटाङ, १० असार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषकलाई बाँदरबाट हुने क्षति न्यूनीकरण गर्न ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाका अनुसार पछिल्ला वर्षहरूमा बाँदरको आतंक बढ्दै जाँदा किसानले लगाएका मकै, कोदो, फलफूल तथा अन्य कृषि बालीमा ठूलो क्षति पुगिरहेको छ। बाँदरका कारण खेतीपाती नै गर्न समस्या भएको भन्दै किसानहरूबाट लगातार गुनासो आएपछि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विशेष बजेट व्यवस्था गरेको हो।

उक्त बजेट बाँदर नियन्त्रण तथा धपाउने कार्यक्रम सञ्चालन, आवश्यक उपकरण खरिद, जनचेतनामूलक गतिविधि तथा प्रभावित क्षेत्रमा विशेष अभियान सञ्चालन गर्न प्रयोग गरिने नगरपालिकाले जनाएको छ।

स्थानीय कृषकहरूका अनुसार बाँदरको आतंकका कारण उत्पादन घट्नुका साथै कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। नगरपालिकाले कृषकको समस्यालाई प्राथमिकतामा राख्दै कृषि उत्पादन जोगाउन बजेट विनियोजन गरिएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow