भारतमा सुनचाँदीको भन्सारमा भारी वृद्धि ! नेपाली सुनचाँदी बजारका चुनौती एवं अवसरहरू

 0  35
भारतमा सुनचाँदीको भन्सारमा भारी वृद्धि ! नेपाली सुनचाँदी बजारका चुनौती एवं अवसरहरू

काठमाडौं, ०१ जेठ । हेम राई

भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ आर्थिक नीतिअनुसार सुन तथा चाँदी आयातमा लाग्ने भन्सार शुल्कमा भारी वृद्धि गरेको छ। भारत सरकारको यस निर्णयले भारतीय बजारसँगै नेपाल र नेपाल–भारत सीमाक्षेत्रमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ। विशेषगरी सुन तस्करी, अवैध कारोबार, सीमावर्ती व्यापार तथा नेपाली अर्थतन्त्रमा यसको प्रभावबारे अहिले व्यापक बहस सुरु भएको छ।

भारतमा सुनको भन्सार कति बढ्यो ?

भारत सरकारले २०२६ मे महिनादेखि सुन तथा चाँदीको प्रभावकारी आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ।
पहिलेको कर संरचना:
Basic Customs Duty (BCD): ५%
Agriculture Infrastructure Cess (AIDC): १%,कुल प्रभावकारी शुल्क: ६%
अहिलेको नयाँ संरचना:
Basic Customs Duty (BCD): १०%,Agriculture Infrastructure Cess (AIDC): ५%,कुल प्रभावकारी शुल्क: १५%
यसअनुसार कुल ९ प्रतिशत बिन्दुले भन्सार दरमा वृद्धि भएको छ, जुन करिब १५० प्रतिशतभन्दा बढीको वृद्धि मानिन्छ।

मोदी सरकारले किन बढायो सुनको कर ?

भारत सरकारले मुख्य रूपमा तीन उद्देश्य राखेर भन्सार शुल्क बढाएको जनाएको छ।
१.भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता देश भएकाले ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्रा बाहिरिने समस्या बढेको छ। त्यसलाई नियन्त्रण गर्न सरकारले सुन आयात महँगो बनाएको हो।
२.तेल र सुन आयातका कारण भारतको व्यापार घाटा बढ्दै गएको छ। सुनको आयात घटाएर व्यापार घाटा नियन्त्रण गर्ने रणनीति भारत सरकारले अघि सारेको छ।
३. प्रधानमन्त्री मोदीले यसअघि नै जनतालाई केही समय सुन खरिद नगर्न आग्रह गरेका थिए। त्यसको निरन्तरताका रूपमा सरकारले कर वृद्धि गरेको विश्लेषण गरिएको छ।

भारतीय बजारमा पर्ने असर

भन्सार शुल्क वृद्धिसँगै भारतमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्ने भएको छ। पहिले १ लाख भारतीय रुपैयाँ बराबरको सुनमा करिब ६ हजार रुपैयाँ कर लाग्ने गरेकोमा अब लगभग १५ हजार रुपैयाँ पुग्नेछ। उच्च करका कारण बैंक तथा आधिकारिक आयातकर्ताले सुन आयात घटाउन सक्ने अनुमान गरिएको छ। भारतका बैंक तथा आर्थिक विश्लेषकहरूले “ग्रे मार्केट” अर्थात् अवैध सुन कारोबार बढ्न सक्ने चेतावनी दिएका छन्।

यसको नेपालमा कस्तो असर पर्ला ?

भारतमा सुन महँगो भएपछि त्यसको असर नेपाली बजारमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। नेपाली बजारमा सुनको माग बढ्न सक्छ, यदि भारतमा सुन अत्यधिक महँगो भयो भने भारतीय व्यापारी तथा ग्राहक नेपालबाट सुन लैजान आकर्षित हुन सक्छन्। यसले:नेपालमा सुनको माग बढ्ने,बजारमा अभाव सिर्जना हुने,मूल्य अस्थिर बन्ने सम्भावना देखिएको छ।

विशेषज्ञहरूका अनुसार भारतमा सुनमा १५ प्रतिशत कर लागेपछि नेपालबाट भारत सुन लैजादा ठूलो नाफा हुने भएकाले अवैध कारोबारी सक्रिय हुन सक्छन्।नेपाल–भारत खुला सीमा, कमजोर निगरानी र साना नाकाहरूका कारण नेपाल फेरि सुन तस्करीको ट्रान्जिट बन्न सक्ने चिन्ता बढेको छ। पहिले पनि भारतमा उच्च कर हुँदा नेपाल र बंगलादेश हुँदै ठूलो परिमाणमा सुन तस्करी भएको इतिहास छ।

नेपालका लागि केस्ता अवसरहरू छन् ?

यद्यपि जोखिम बढी भए पनि केही अवसरहरू नेपालका लागि देखिएका छन्।यदि नेपालले:पारदर्शी आयात नीति,डिजिटल ट्र्याकिङ, कडा निगरानी प्रणाली लागू गर्न सके नेपाल वैधानिक सुन व्यापार केन्द्र बन्न सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन्।

त्यस्तै, मूल्य अन्तर बढे भारतीय ग्राहक नेपालमा सुन खरिद गर्न आउन सक्ने सम्भावना पनि देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow