भूकम्पमा परी अफगानिस्तानमा ६२२ जनाको मृत्यु, १५०० बढी घाईते

 0  43
भूकम्पमा परी अफगानिस्तानमा ६२२ जनाको मृत्यु, १५०० बढी घाईते

काठमाडौं, १६ भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा परेर अहिलेसम्म ६२२ जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ र घाइतेको सङ्ख्या पनि बढेर १५ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

भूकम्पले ग्रामीण बस्तीहरू तहसनहस बनाएको छ। कुनार र नङ्गरहार प्रान्तमा मानवीय र भौतिक क्षति बढी भएको छ। रोयटर्सका अनुसार कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ। १२ जना नङ्गरहारका छन्। 

आइतबार राति ६ म्याग्निच्युडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्निच्युड भन्दा बढी तीव्रताको परकम्पले थप क्षति पुर्‍याएको बताइएको छ। 

अफगानिस्तानमा नङ्गरहार प्रान्तको जलालाबाद शहरबाट १७ किलोमिटर उत्तरपूर्वी भागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११ : ४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow