मनोहराको सुकुम्बासी बस्तीमा डोजर चल्दा स्थानीय र नगरप्रहरीबीच झडप

 0  43
मनोहराको सुकुम्बासी बस्तीमा डोजर चल्दा स्थानीय र नगरप्रहरीबीच झडप

काठमाडौं, ३० साउन । काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली मनोहरा खोला किनारको सुकुमबासी बस्तीका टहराहरु भत्काउन पुगेपछि सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ ।

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ । वर्षायामको बेलामा घरटहरा नभत्काउन अनुरोध गर्दा नगरप्रहरीले नमानेको उनीहरूको गुनासो छ ।

नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow