मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

 0  17
मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

बुटवल, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभूती गर्ने गरी सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक राखेर मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मनोबल वृद्धि हुने गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न, सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिएकी छन्।

‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले निर्देशन दिँदै भनिन्।

कर्मचारीहरूलाई स्थायी सरकार भएको बताउँदै आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गर्दै कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन उनले आग्रह गरिन् । आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन पनि उनले आग्रह गरेकी छिन् ।

निर्वाचनको वातावरण बनाउन मैल निर्वाचन आयोग सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु,’ उनले थप भनेकी छिन्, ‘निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow