मौसम विभागले भन्यो, ‘असोज १७ गतेदेखि भीषण वर्षा हुने हल्ला भ्रामक हो’
काठमाडौं, १३ असोज । नेपाल मौसम विज्ञान विभागले असोज १७ गतेदेखि तीन दिन फेरि भारी वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जानकारी दिएको छ ।
विभागले आज एक सूचना जारी गर्दै सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न/नफैलाउन नेपाल मौसम विद्दान विभाग विनम्रा अनुरोध गर्दछ । साथै, सम्पूर्ण जनतालाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत अपडेट रहन अनुरोध गर्दछौं ।’
What's Your Reaction?





