यसपटक राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुँदैन : रवीन्द्र मिश्र
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने बताएका छन् ।
आइतबार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको बताएका हुन् ।
उनले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था अतिआवश्यक भएको जिकिर गरे ।
उनले भने, ‘अब राप्रपाले भन्दै आएको नविन समझदारीमा देशलाई लैजानै पर्छ । देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, राजनीतिक पार्टीहरू, राजनीतिक गुटहरू, व्यक्तिहरू सबैभन्दा माथि एउटा राजसंस्थाको छहारी नेपालको लागि अति आवश्यक भयो । यो हाम्रो पुस्ता भन्दा पनि हामीमाथि मुनिको पुस्ताका लागि अतिआवश्यक भयो, हरेक चुनावमा मतदाता उत्साहित हुने तर कहिल्यै समस्याको समाधान नहुने स्थिति कायमै रहन्छ । त्यो समस्याको समाधानको दिशामा हामी जानुपर्छ ।’
What's Your Reaction?





