यो सरकार हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैन : प्रधानमन्त्री शाह
काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन शाहले मधेश केन्द्रित दलका नेताहरुसँगको भेटघाटका क्रममा आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न आग्रह गरेका छन्।
बैठकमा प्रधानमन्त्री बालेनले आफू र आफ्नो पार्टी रास्वपा संघीयताका पक्षमा प्रतिबद्ध रहेको धारणा राखेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए।
मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेनलाई हिन्दू राष्ट्रका विषयमा प्रश्न गरेका थिए। जवाफमा बालेनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताए ।
‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनले भने, ‘हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ अहिले त्यसो गर्दा ठिक हुँदैन। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।’
छलफलका क्रममा प्रधानमन्त्री बालेनले छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई कारबाही गर्ने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन हुनेमा ढुक्क हुन भनेका थिए।
( तस्बिर : प्रधानमन्त्रीको कार्यालयबाट)
What's Your Reaction?





