राष्ट्रिय परिचयपत्रका लागि अब लाइन बस्नुपर्दैन, आफैं डाउनलोड गर्न सकिने

 0  6
राष्ट्रिय परिचयपत्रका लागि अब लाइन बस्नुपर्दैन, आफैं डाउनलोड गर्न सकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्र लिन लामो समय कुर्नुपर्ने झन्झट अब केही हदसम्म कम हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सम्बन्धित व्यक्तिले नै आफ्नो राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने नयाँ डिजिटल सेवा सुरु गरेको छ।

परीक्षणका रूपमा सुरु गरिएको यो सेवामार्फत सेवाग्राहीले विभागको अनलाइन पोर्टलमा गएर फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार शासकीय सुधारका १०० कार्यसूचीभित्र यो व्यवस्था समावेश गरेको थियो। विभागका अनुसार सेवा पूर्ण रूपमा कार्यान्वयन भएपछि नागरिकलाई परिचयपत्र प्राप्त गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow