रुपन्देही र पोखरामा पनि कर्फ्यू आदेश जारी
काठमाडौं, २३ भदौ । जेनजी युवाहरुको प्रदर्शनले उग्र रुप लिएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पनि पोखरा महानगरपालिका क्षेत्रमा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।
What's Your Reaction?





