ललितपुरको बालकुमारीमा प्रहरीले चलायो गोली

 0  8
ललितपुरको बालकुमारीमा  प्रहरीले चलायो गोली

ललितपुर  — ललितपुरको बालकुमारी क्षेत्रमा खैरो हेरोइन कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले अपरेशन चलाउँदा गोली प्रहार भएको छ। घटनामा एक जना घाइते भएका छन् भने तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइते हुने व्यक्ति पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेको खुलाइएको छ। उनको दाहिने खुट्टामा गोली लागेको छ र उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार ललितपुर र काठमाडौंको सीमाक्षेत्रमा पर्ने बालकुमारी पुलमुनि संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि गोली चलाइएको थियो। उक्त स्थान काठमाडौं महानगरपालिका–३२ अन्तर्गत पर्छ।

कारबाहीका क्रममा प्रहरीको विशेष ब्युरो टोलीले दुई राउन्ड हवाई फायर गरेको थियो भने एक जनालाई नियन्त्रणमा लिन थप गोली प्रहार गरिएको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow