विपद्को घडीमा ‘एक व्यवसायी, एक हजार’ अभियान सञ्चालन गर्ने सुनचाँदी रत्न तथा आभूषण महासंघको निर्णय

 0  34
विपद्को घडीमा ‘एक व्यवसायी, एक हजार’ अभियान सञ्चालन गर्ने सुनचाँदी रत्न तथा आभूषण महासंघको निर्णय

काठमाडौं, १५ भदौ — नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि राहत तथा सहयोग जुटाउन ‘एक व्यवसायी, एक हजार’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

विपद्पीडितका लागि राहत तथा सहयोग जुटाउने उद्देश्यले महासंघले बृहत् अनलाइन बैठक आयोजना गरेको हो। महासंघका उपाध्यक्ष प्रेम खातीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन महासचिव बिमल धमलाले गरेका थिए।

महासंघका अध्यक्ष किसान सुनारका अनुसार अभियानअन्तर्गत केन्द्रमा संघीय संरचनाअनुसार रकम संकलन गरिनेछ। साथै, देशभरका प्रदेश समिति तथा आबद्ध संघ–संस्थासँगको समन्वयमा राहत रकम संकलन कार्य निरन्तर अघि बढाइनेछ।

त्यसैगरी, विपद्बाट प्रभावित व्यवसायीहरूको तत्कालीन अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि स्रोत संकलन गर्न सम्बन्धित संघ–संस्थालाई महासंघले अनुरोध गरेको छ। प्रभावित क्षेत्रका व्यवसायी तथा परिवारको वास्तविक अवस्था बुझेर आवश्यकता अनुसार राहत परिचालन गर्ने महासंघको तयारी छ।

यसैबीच, महासंघका पदाधिकारी तथा सम्बद्ध संस्थाबाट राहत कोषमा सहयोग रकम जम्मा हुन थालेको छ।महासंघका उपाध्यक्ष प्रेम खातीले रु. ५,२०००, कोषाध्यक्ष गणेश लकान्द्रिले रु. ५१,०००, महासचिव बिमल धमलाले रु. २५,००० तथा सिल्प व्यवसायी संघले रु. १,११,१०० राहत कोषमा जम्मा गरेको महासंघले जनाएको छ।
त्यसैगरी, मधेस प्रदेशका अध्यक्ष पवन ठाकुरले रु. २५,००० राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। संकलित रकम कुन क्षेत्रमा र कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषयमा आगामी बैठकबाट ठोस निर्णय गरिने महासंघले जनाएको छ।

बैठकले महासंघका पदाधिकारी तहबाट न्यूनतम रु. २५ हजार तथा केन्द्रीय सदस्यहरूबाट न्यूनतम रु. १० हजार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow