विपिनको रिहाइका पहलका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री ओली

 0  28
विपिनको रिहाइका पहलका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन  :   प्रधानमन्त्री ओली

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग भेट गरेका छन् । हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा र बहिनीले इजरायलबाट फर्केपछि शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पनि विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’

विपिनको रिहाइका लागि इजरायल पुगेका उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग विपिनको रिहाइका लागि अपिल गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow