शाकिराले सेयर गरिन् नेपाली बालबालिकाको रिल्स, २५ लाखभन्दा बढीले हेरे

 0  14
शाकिराले सेयर गरिन् नेपाली बालबालिकाको रिल्स, २५ लाखभन्दा बढीले हेरे

२७ जेठ, काठमाडौँ | विश्वप्रसिद्ध पप गायिका शाकिराले नेपाली बालबालिकाले बनाएको एक भिडियो रिल्स आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत सेयर गरेकी छन्।

फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै शाकिराले हालै सार्वजनिक गरेको गीत ‘दाइ दाइ’ मा आधारित उक्त रिल्स नेपाली इन्स्टाग्राम प्रयोगकर्ता आयुषी ढकाल र जेभिनजेभिस अफिसियलले तयार गरेका हुन्।

गीतको ताल र शैलीअनुसार उनीहरूले प्रस्तुत गरेको नृत्य दर्शकमाझ निकै लोकप्रिय बनेको थियो। यही भिडियो शाकिराले आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गरेपछि अझै व्यापक बनेको हो।

शाकिराको सेयरपछि उक्त रिल्सले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा पाएको छ। हालसम्म भिडियोले २५ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको बताइएको छ।

विश्वप्रसिद्ध कलाकारबाट नेपाली सिर्जना र प्रतिभाले यस्तो अन्तर्राष्ट्रिय पहिचान पाउनु नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि गर्वको विषय बनेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow