शीर्ष वैज्ञानिकको सूचीमा परेका डा. सञ्जीव शर्माले  धरानेलाई सम्झिए

 0  16
शीर्ष वैज्ञानिकको सूचीमा परेका डा. सञ्जीव शर्माले  धरानेलाई सम्झिए

धरान, २ मंसिर। विश्वको शीर्ष वैज्ञानिक सूचीमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठूलो योगदान रहेको प्राडा सञ्जीव शर्माले बताएका छन् । 

मंगलबार धरानमा पत्रकारहरुसँग कुराकानी गर्दै डा. शर्माले भने, 'मैले करिब २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ । मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । काम हामी सबै मिलेर टिमले गरेका हौँ, तर, नाम मात्रै मेरो आएको हो।'  

हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा. शर्मा पनि छनोट भएका छन् । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु तथा मिर्गौला रोग विशेषज्ञ  प्रा.डा. सञ्जीव शर्मा सर्पदंश, मुटु रोग र मिर्गौला रोगलगायत विषयमा गरेको महत्वपूर्ण अध्ययन र अनुसन्धानका लागि ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङमा नेपालको तर्फबाट विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा परेका हुन्। उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका हुन् । 

पत्रकारहरुसँग कुराकानी गदै उनले विश्वका वैज्ञानिकहरु नेपालमा आउन खोजी रहेको र यहाँका दूरदराजका जनताबीच काम गर्न चाहिरहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा नेता भीमज्वाला राईको संयोजन र सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा सहितका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow