श्रम संस्कृति पार्टीको नयाँ उर्दी: अब सबै कार्यक्रम र प्रचार सामग्रीमा हर्क साम्पाङको तस्वीर अनिवार्य

 0  9
श्रम संस्कृति पार्टीको नयाँ उर्दी: अब सबै कार्यक्रम र प्रचार सामग्रीमा हर्क साम्पाङको तस्वीर अनिवार्य

१३ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका संगठनात्मक कार्यक्रम, सभा, बैठक तथा प्रचार–प्रसार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ। पार्टीको यो निर्णय सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसको सन्देश, उद्देश्य र प्रभावबारे चर्चा सुरु भएको छ।

पार्टी स्रोतका अनुसार, उक्त निर्देशनको उद्देश्य संगठनभित्र नेतृत्वको पहिचानलाई अझ स्पष्ट बनाउनु, पार्टीको वैचारिक तथा सांकेतिक एकरूपता कायम गर्नु र जनस्तरसम्म अध्यक्षको राजनीतिक सन्देशलाई सशक्त रूपमा पुर्‍याउनु रहेको बताइएको छ। अबदेखि पार्टीका ब्यानर, पोस्टर, पम्प्लेट, सामाजिक सञ्जालका प्रचार सामग्री, भेला–बैठकका मञ्च तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow