सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्त ऋणीहरू
काठमाडौं, ७ भदौ । सरकारसँग सहमति भएपछि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन्।
सहमतिपछि आइतबार बिहान ८:५० बजे सरकारले व्यवस्था गरेको साझा यातायातका बस चढेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका हुन्। शनिबार नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गरेर उनीहरू आज आफ्नो घर फर्किएका हुन् ।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाका ऋणीहरू सरकारले व्यवस्था गरेको गाडीमा आफ्नो घरतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ ।
What's Your Reaction?





