सरकारी सरह सेवा सुविधा माग गर्दै देशभरका नर्सहरू आन्दोलनमा

 0  13
सरकारी सरह सेवा सुविधा माग गर्दै देशभरका नर्सहरू आन्दोलनमा

काठमाडौं, १४ कात्तिक । सरकारी सरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै देशभरका नर्सहरू आन्दोलनमा उत्रिएका छन्। शुक्रबार देशभरका अस्पतालका नर्सहरू नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका हुन् ।

आज शुक्रबार बिहान १० देखि १२ बजेसम्म मात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले  कात्तिक १८ गतेसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।

वीर, टिचिङ जस्ता ठूला सरकारी अस्पतालका नर्सहरु समर्थन जनाउदै आन्दोलन गरिरहेका छन्। निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने मागसहित नर्सहरू आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow