सशस्त्र प्रहरीमा एक हजार भन्दा बढीका लागि जागिर खुल्यो
१९ पुस ,काठमाडौँ । नेपाल सशस्त्र प्रहरीले करिब एक हजार जना भन्दा बढीका लागि भर्ना आवेदन खुलाएको छ । यही शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला गरेको हो ।
आवेदन माग गरिएको पदहरूमा सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।
यसै गरी भान्छे २० जना, कुचीकार १९ जना, सुचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो | दरखास्तको मिति पुस २४ गतेदेखि माघ २४ गतेसम्म रहेको र सम्पर्क मिति फागुन ६ गतेको लागि तोकिएको छ ।
सूचना हेर्नु होला
What's Your Reaction?