सार्वजनिक स्थानमा धूम्रपान गर्ने १७ जनालाई महानगरले तिरायो ठाउँको ठाउँ ५०० जरिवाना
काठमाडौं, २ भदौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यक्तिहरूलाई रू. ५०० का दरले जरिवाना कारवाही सुरू गरेको छ ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम महानगरले आइतबार भदौ १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरेको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा धुम्रपान गरेबापत हिजो आइतबारदेखि आजसम्म १७ जनाले ५ सय रूपैयाँका दरले जरिवाना बुझाइ सकेका छन् ।
सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए। सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका थियौं। तर, हिजोदेखि जरिवाना तिराउन सुरू गरेका छौं, जनचेतनाका लागि चोकचोकमा ‘सार्वजनिक ठाउँमा धूम्रपान नगरौँ’ भन्ने प्लेट समातेर नगरप्रहरी टोली खटाएका छौँ, उनले भने।
What's Your Reaction?





