सुनको मूल्य बढ्ने क्रम जारी, कति पुग्यो तोलाको ?

 0  7
सुनको मूल्य बढ्ने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडौं, ७ भदौ । हिजो आज नेपाली बजारमा सुनको मूल्य निरन्तर ओकालो लाग्ने क्रम जारी रहेको छ। साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow