सुन घट्दा चाँदी उकालो, बजारमा मिश्रित संकेत

 0  10
सुन घट्दा चाँदी उकालो, बजारमा मिश्रित संकेत

१३जेठ ,काठमाडौँ |बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फरक–फरक दिशा देखिएको छ। आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढेको छ। सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्य उकालो लागेपछि बजारमा मिश्रित अवस्था देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow