सुनको मूल्यमा दैनिक उतारचढाव जारी, आज तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी भने बढ्यो
काठमाडौं, १३ श्रावण। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली सुनचाँदी बजारमा पनि निरन्तर देखिएको छ। आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो। मंगलबार सुनको मूल्य ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँ पुगेको थियो।
यसअघि सोमबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो भने आइतबार १ हजार ६०० रुपैयाँले वृद्धि हुँदै २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको थियो। पछिल्ला केही दिनको कारोबारले सुनको मूल्यमा दैनिकजसो उल्लेखनीय उतारचढाव भइरहेको देखाएको छ।
उता, चाँदीको मूल्य भने आज सामान्य बढेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ रहेको थियो।
What's Your Reaction?





