सुरुङभित्र फसेकाको उद्धार र राहत वितरणलाई तीव्र बनाउन सांसद् ओलीको आग्रह

 0  6
सुरुङभित्र फसेकाको उद्धार र राहत वितरणलाई तीव्र बनाउन सांसद् ओलीको आग्रह

काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् खुश्बु ओलीले भोटेकोसीमा आएको विपत्तिपछि उद्धार र राहत वितरणलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् ओलीले सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उपलब्ध सबै सम्भावित प्रविधि, उद्धारका उपाय र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले उद्धार गरि अस्थायी आश्रयस्थलमा राखिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको अवस्था समेत संवेदनशील रहेको बताइन्। मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायत दीर्घरोगका बिरामीको नियमित औषधि अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयले विशेष स्वास्थ्य टोली र औषधिको व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाई छ।

उनले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

सांसद् ओलीले भनिन्, ‘अहिले हाम्रो पहिलो प्राथमिकता राजनीति होइन, जीवनको रक्षा र नागरिकको उद्धार हुनुपर्छ। सुरुङभित्र फसेकाहरुको उद्धार अपेक्षा गरे अनुरुप अघि बढ्न नसकेको अवस्थामा उद्धारका सबै सम्भावित उपाय, प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग फेरि पनि आग्रह गर्दछु। ’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow