हत्या गरि लुटपाट गरेको  गरगहना किनबेच गर्ने ९ जना पक्राउ

 0  72
हत्या गरि लुटपाट गरेको  गरगहना किनबेच गर्ने ९ जना पक्राउ

१९ श्रावण ,जनकपुरधाम | सप्तरीमा लुटपाट गर्दै गोली हानी हत्या गरेको घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्लाको सुरुङ्गा नगरपालिका ८, मलहनमा टोल बस्ने ६५ वर्षीय कन्तलालको हत्या गर्दै घरमा लुटपाट गर्ने गिरोह र लुटपाटको सामान किनबेच गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।


सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले गत जेठ २३ गते राति १ बजेको समयमा डाँकाहरूको समूहले चौधरीको घरमा लुटपाट गर्दा डाकाहरुलाई चिनेको भनेपछि गोली हानी हत्या गरेको मृतकको श्रीमतीको बयानलाई उदृत गर्दै जनाएका हुन्।

यस घटनामा प्रहरीले लुटपाट गर्ने सुरुङ्गा ८, बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, बोदेबसाईन नगरपालिका २, बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका ११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुरको बेलका नगरपालिका १ बस्ने २८ वर्षीय चन्दर मरिकलाई पक्राउ गरिएको छ।

यस्तै, लुटपाटको गरगहनाहरू सङ्कलन गरी बेचबिखन गर्ने सुरुङ्गा ७ पोखरिया बसनपट्टी बस्ने ३३ वर्षीय राजु कुमार विश्वकर्मा, विश्वकर्माले सुन चाँदीको गरगहना गलाउन दिएका सिरहाको लहान नगरपालिका ७ स्थित सञ्चालित श्रधा सुन चाँदी गलाई सेन्टरका सञ्चालक ५२ वर्षीय महेन्द्र गोड्से, सुन चाँदी खरिद गर्ने ओम ज्वेलरीका सञ्चालक सिरहाको लहान ८ बस्ने ३८ वर्षीय उमेश साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन्।

लुटपाट एवं हत्या पश्चात प्रहरीले विशेष सुराकीको आधारमा राजु कुमार विश्वकर्मालाई गत शुक्रवार नियन्त्रणमा लिएपछि घटनामा संलग्नहरूको नाम एवं पहिचान खुलेको प्रहरीले जनाएका छन्। विश्वकर्माले आरोपितहरूका नाम भन्दै गरगहनाहरू बेचेको भनेपछि नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको बेचेको स्वीकार गरेको प्रवक्ता बस्नेतले बताए। 

 बरामद गरिएको गरगहनाहरू मृतकका श्रीमती लराई देवी र छोरा नन्द किशोर चौधरीले लुटपाटमा लगेको गहनाहरु मध्येकै गरगहना रहेको सनाखत गरेका थिए। स्रोत - देश सञ्चार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow