आजदेखि सेवा निवृत्त भएका आईजीपी खापुङले उपत्यका छाड्न र विदेश जान नपाउने
काठमाडौं, २७ कात्तिक । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई उपत्यका छाड्न र विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा बोलाउनु पर्ने भएकाले उपत्यका छाड्न र विदेश जान रोक लगाइएको जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
What's Your Reaction?





