किन घट्दैछ त सुनको मूल्य ? आखिर कति सम्म गिरावट आउला सुनको मूल्यमा ?
केही समय यता अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले नयाँ रेकर्ड कायम गर्यो | छोटो समयको अन्तरालमा नै सुनको मूल्यमा एक्कासि वृद्धि भै ऐतिहासिक मूल्य कायम हुन् गयो | कच्चा पदार्थ सुन नेपालमा उत्पादन हुदैन | यो बाहिरी मुलुकबाट नेपालमा आयात गरिने गरिन्छ | जसरी छोटो समयमा सुनको मूल्य अकासियो सोही रुपमा पुन उही रफ्तारमा सुनको मूल्यमा गिरावट आँउदैछ |
किन घट्दैछ त सुनको मूल्य ? आखिर कति सम्म गिरावट आउला सुनको मूल्यमा ? सुनको मूल्यमा गिरावट आउनुको मुख्य कारणहरू-
मुनाफा बुकिङ- यस वर्ष सुनको मूल्य निकै तीव्र गतिमा बढ्यो। सस्तो मूल्यमा खरिद गरिएको सुन अहिलेको अवस्थामा लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री गर्दैछन् । जब कुनै पनि बस्तुको मूल्य अधिक माथि जान्छ, त्यसपछि केही समयको लागि सुधार आउनु स्वाभाविक हुन्छ जुन अर्थशास्त्रको नियम सङ्गत रहेको छ |
अमेरिकी डलर मजबुत हुनु- अमेरिकी डलर सुदृढ हुँदा डलरमा सुन खरिद गर्ने अन्य देशहरूका लागि डलर महँगो पर्न जान्छ । जसले गर्दा सुनमा लगानी गर्नेहरूको कमी हुने गर्दछ ।
ब्याजदर बढ्ने अपेक्षा / लगानीका अन्य विकल्पहरू खुल्ला हुनु - सुनमा गरेको लगानीले अन्य छेत्रहरु झैँ ब्याज वा मुनाफा दिदैँन । जस्तै बैङ्कमा राखेको पैसाले ब्याज दिने ,डिबेन्चर आदिको लगानीमा निश्चित प्रतिफल प्राप्त हुने गर्दछ | बैक तथा अन्य निकायहरूले जब ब्याजदरहरूमा वृद्धि गर्ने गर्दछ सो समयमा लगानीकर्ताले सुनमा भएको लगानीलाई अन्य लगानीको छेत्र तर्फ सार्ने गर्दछन् ।यो प्रवृत्तिले सुनमा गरिने लगानी प्रतिको आकर्षण कम हुँदै जान्छ ।
विश्व आर्थिक/राजनीतिक अवस्थामा सुधार - जब विश्वमा अनिश्चितता ,युद्ध एवं सङ्घर्षहरू हुने गर्दछन् सो समय सुनमा लगानी बढ्ने गर्दछ किनकी सुनमा गरिएको लगानीलाई सुरक्षित सम्पत्तिको रुपमा लिइन्छ जसले यसको मूल्य वृद्धि हुने गर्दछ । विशेषगरी चीन -अमेरिका बीच भएको व्यापार युद्धलाई लिन सकिछ |
नाफा बुक र मूल्य समायोजन - कुनै पनि बस्तुको मूल्य धेरै छिटो माथि गएपछि प्राविधिक हिसाबले सुधार हुने सम्भावना हुन्छ । अहिले सुनका लगानीकर्ताहरू आफ्नो नाफा बुक गरि बजारबाट निस्किने क्रममा रहेकोले सुनको मूल्यमा एक्कासि ठुलो गिरावट आएको हो | केही यस छेत्रका विश्लेषकहरूले यसबारेमा पूर्व चेतावनी समेत दिएका थिए ।
नेपालको सुन बजार आयातमा आधारित रहेको छ | अर्थात् नेपालमा सुन विदेशबाट आयात हुने भएकोले सुनको मूल्य निर्धारणमा विदेशी मुद्रा विनिमय दरको प्रमुख भूमिका रहेको हुन्छ।
अमेरिकन डलर बलियो भएमा नेपाली रुपैयाँको अवमूल्यन भै आयातित सुन महँगो हुने गर्दछ , जसले नेपाली स्थानीय बजारमा मूल्य वृद्धि हुन सक्छ |
What's Your Reaction?





