गुण्डागर्दीमा संलग्न रेस लामा भन्ने गोपाल मोक्तान पक्राउ
काठमाडौं, ९ भदौ । प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ। गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरी वृत्त गौशालाले उनलाई काठमाडौंको चाबाहिलस्थित ‘ए वान क्याफे’बाट पक्राउ गरेको हो ।
पक्राउ परेका मोक्तान दोलखाको बैतेश्वर गाउँपालिका-३ घर भई हाल सुकेधारा बस्दै आएका छन्। जनक भनिने एकराज कार्कीलाई अश्लिल शब्द प्रयोग गरी गालीगलौज गरेको र कुटपिट समेत गरेको जाहेरीका आधारमा ४२ वर्षीय मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?





