तीन महिनामा ९० हजार लाइसेन्स वितरण
काठमाडौं, ३२ असार । यातायात व्यवस्था कार्यालयले विगत तीन महिनामा सेवाग्राहीलाई ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।
यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।
What's Your Reaction?





