तोलामै नौसयले घट्यो सुनको मूल्य

 0  46
तोलामै नौसयले घट्यो सुनको मूल्य

काठमाडौं, १५ माघ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।

महासंघका अनुसार आज सुन तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको सुन १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow