नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको टोली मलेसिया प्रस्थान

 0  18
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको टोली मलेसिया प्रस्थान

२८ श्रावण, काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको ९ सदस्यीय टोली मलेसियाको पेनाङमा आयोजना हुने ज्वेलरी एक्स्पोमा सहभागी हुन मलेसिया प्रस्थान गरेको छ।

संघका पूर्वअध्यक्ष टंक बराइलीको नेतृत्वमा रहेको टोलीले पेनाङमा आयोजना हुने उक्त ज्वेलरी एक्स्पोमा सहभागिता जनाउने भएको हो।

एक्स्पोमा नेपाली सुनचाँदी तथा आभूषण व्यवसायसँग सम्बन्धित उत्पादन, प्रविधि, डिजाइन तथा बजारका विषयमा जानकारी आदानप्रदान गर्ने अवसर प्राप्त हुने बताइएको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा नेपाली सुनचाँदी तथा आभूषण क्षेत्रको सम्भावना विस्तार गर्न तथा विदेशी व्यवसायीहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न एक्स्पो महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

मलेसिया प्रस्थान गर्न लागेको भ्रमण टोलीलाई संघका अध्यक्ष केशव विश्वकर्मा एवं निवर्तमान अध्यक्ष अर्जुन दुराईलीले एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

संघका अनुसार टोलीले मलेसियामा रहँदा ज्वेलरी क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालासँग भेटघाट तथा छलफल गर्नेछ। एक्स्पोमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली सुनचाँदी तथा आभूषण क्षेत्रको पहुँच विस्तार, नयाँ प्रविधि र डिजाइनबारे जानकारी हासिल तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे समेत अध्ययन गरिने जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow